logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • खगेन्द्र सुनारको अभिव्यक्तिविरुद्ध राजावादी समूहकाे प्रदर्शन

    901Shares
    खगेन्द्र सुनारको अभिव्यक्तिविरुद्ध राजावादी समूहकाे  प्रदर्शन

    काठमाडौं । राष्ट्रिय जनावर गाई काटेर खान पाउनु पर्छ भन्ने अभिव्यक्ति दिने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता खगेन्द्र सुनारलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै राजावादी समूहले प्रदर्शन गरेकाे छ । राष्ट्रवादी युवा समुहको आयोजनामा आज शुक्रबार काठमाडौंको माईतीघर मण्डलामा भएकाे  प्रदर्शनमा सर्वपक्षीय सरकारको गठन दीर्घकालीन तथा स्थायी राजनीतिक व्यवस्थाको लागि राजालाई समेटेर निर्वाचन गरिनु पर्ने माग समेत राखेकाे छ ।

    बाँके क्षेत्र नम्बर-३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका सुनारको उम्मेदवारी खारेजीको माग राखिएकाे आयोजक मध्येका एक सन्तोष सिलवाल (राजावादी) ले बताए । ‘हिन्दू धर्मवालम्वीहरुको आस्था, विश्वास, संस्कार र परम्पराको विरुद्ध अभिव्यक्ति दिने व्यक्ति कसरी जनप्रतिनिधि हुन सक्छ ? उनि त सदियौंदेखिको साम्प्रदायिक एकता र सामाजिक मेलको विरुध्दमा जाने बिखण्डनकारी हो । हामी निर्वाचन आयोगलाई उनको उमेदवारी खारेजीको मागसमेत गर्दर्छौ’, कार्यक्रमका आयोजक सिलवालले बताए।

    राजावादी थप भन्छन्, ‘नेपालको संविधान २०७२ को धारा ९ को उपधारा ३ मा नेपालको राष्ट्रिय जनावर गाई हुने व्यवस्था गरिएको हुँदा, यो केवल चर्चाको विषय मात्रै रहेन । यो त राष्ट्रिय एकताको प्रतिक संविधानको संरक्षणको विषय पनि हो । त्यसैले यो व्यक्ति समुहको भन्दापनि सरकारवादी रहने मुध्दा हो । यस्ता अभिव्यक्ति दिने व्यक्तिलाई सरकारले तुरुन्तै पक्राउ गरेर मुध्दा चलाउनु पर्दछ ।’ सुनारको गाई काटेर खान पाउनु पर्ने भन्ने अभिव्यक्तिको विरुद्ध निर्वाचन आयोगमा सोहि समूहले उजुरी गरेको थियो । उक्त उजुरीका आधारमा उनलाई बुधबार माघ १४ आयोगले स्पष्टीकरण सोधेको थियो ।



    फास्ट न्युज    
  • २०८२ माघ १६, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट