logo

२०८३ बैशाख ७ सोमबार

logo
  • २०८३ बैशाख ७ सोमबार
  • निजी क्षेत्रलाई शान्ति क्षेत्र घोषणा गर्नुपर्नेमा अध्यक्ष ढकालको जोड

    1KShares
    निजी क्षेत्रलाई शान्ति क्षेत्र घोषणा गर्नुपर्नेमा अध्यक्ष ढकालको जोड

    भक्तपुर । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी लगानीमा सञ्चालनमा रहेका औद्योगिक क्षेत्रलाई शान्ति क्षेत्र घोषणा गर्नुपर्नेमा जोड दिएका छन् ।शुक्रबार भक्तपुर उद्योग वाणिज्य संघको ३८औँ वार्षिक साधारणसभा तथा अधिवेशनमा उनले महासंघको उक्त मागलाई सरकारले सकारात्मक रूपमा लिएर घोषणाको तयारी गरेको बताए ।

    महासंघ ढकालले भने, “विद्यालयलाई जस्तै निजी लगानीका औद्योगिक क्षेत्रलाई पनि शान्ति क्षेत्र घोषणा गर्न सरकारसँग माग गरेका थियौँ, मन्त्रिपरिषद्ले यसलाई पारित गरेको जानकारी पाएका छौँ, सरकराले अब छिट्टै शान्ति क्षेत्र घोषणा गरेपछि निजी क्षेत्रमा कुनै प्रकारको बन्द, अडताल, तोडफोड, आगजनी निषेध हुन्छ ।”

    अध्यक्ष ढकालले गत भदौ २३–२४ का प्रदर्शनका क्रममा उद्योग र निजी सम्पत्तिमा आक्रमण गर्नेमाथि कारबाही गर्न माग गरे ।
    लगानीमैत्री वातावरणको लागि विभिन्न कानुन संशोधनमा महासंघले महत्त्वपूर्ण योगदान दिएको बताए ।

    भक्तपुरलाई ऐतिहासिक, सांस्कृतिक, पर्यटकीय र परम्परागत उद्योग तथा साना–मझौला व्यवसायको केन्द्रका रूपमा चिनाउँदै अध्यक्ष ढकालले स्थानीय वाणिज्य संघहरूको भूमिका महत्त्वपूर्ण रहेको बताए ।

    कार्यक्रममा संघका भक्तपुर अध्यक्ष रोशनीमैया धौबञ्जा, महासचिव नविन प्रजापतिलगायतले भक्तपुरलाई पर्यटन र हस्तकला उद्योगबाट समुन्नत बनाउन लागिरहेको बताए ।



    फास्ट न्युज    
  • २०८२ पुष २६, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट