logo

२०८३ बैशाख २३ बुधबार

logo
  • २०८३ बैशाख २३ बुधबार
  • नियमविपरीत सञ्चालित अनलाइन तथा डिजिटल फार्मेसीमाथि कारबाही गर्न माग

    961Shares
    नियमविपरीत सञ्चालित अनलाइन तथा डिजिटल फार्मेसीमाथि कारबाही गर्न माग

    काठमाडौं– नेपाल औषधि व्यवसायी संघले नियमविपरीत सञ्चालन भइरहेका अनलाइन तथा डिजिटल फार्मेसीमाथि तत्काल कारबाही गर्न माग गरेको छ ।

    संघले औषधि व्यवस्था विभागका महानिर्देशक डा. नारायण ढकाललाई ध्यानाकर्षण पत्र बुझाउँदै अनलाइन तथा डिजिटल माध्यममार्फत भइरहेको औषधिको बिक्री, वितरण र प्रचार–प्रसार तत्काल नियन्त्रणमा लिन आग्रह गरेको हो ।

    संघका अनुसार औषधि ऐन २०३५, औषधि बिक्री वितरण संहिता २०८० तथा अन्य प्रचलित औषधि सम्बन्धी ऐन–कानुनमा अनलाइन तथा डिजिटल माध्यमबाट औषधि बिक्री–वितरण गर्ने सम्बन्धी स्पष्ट व्यवस्था छैन ।

    संघले यस किसिमको प्रचलनले चिकित्सकको प्रेस्क्रिप्सनको अवहेलना, औषधिको दुरुपयोग, जनस्वास्थ्यमा जोखिम, तथा फार्मेसीहरूबीच अस्वस्थ प्रतिस्पर्धा जस्ता समस्या उत्पन्न हुने ठहर गरेको छ ।

    साथै सामाजिक सञ्जालमार्फत औषधिको विज्ञापन, अस्वस्थकर अफर, प्रतिस्पर्धा तथा होम डेलिभरी जस्ता गतिविधिमाथि कडाइका साथ नियमन गर्न र ऐन उल्लङ्घन गर्ने व्यक्ति वा संस्थामाथि कानुन बमोजिम कारबाही गर्न संघले विभागसँग माग गरेको छ ।



    फास्ट न्युज    
  • २०८२ पुष २२, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट