logo

२०८३ बैशाख १० बिहीबार

logo
  • २०८३ बैशाख १० बिहीबार
  • टी–२० विश्वकप छनोट खेल्ने खेलाडीको नाम घोषणा

    991Shares
    टी–२० विश्वकप छनोट खेल्ने खेलाडीको नाम घोषणा

    काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी महिला टी–२० विश्वकप २०२६ को छनोट खेल्ने १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ । क्यानले इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय नेपाली टोली घोषणा गरेको जनाएको छ ।

    टोलीको उपकप्तानको जिम्मेवारी पूजा महतोलाई दिएको छ । घोषित खेलाडीमा रुबिना क्षेत्री, सीता रानामगर, बिन्दु रावल, सम्झना खड्का, काजल श्रेष्ठ, कविता जोशी, कविता कुँवर, रचना चौधरी, रिया शर्मा, रोमा थापा, सुमन विष्ट, राजमती ऐरी र मनिषा उपाध्याय रहेका छन् ।

    विश्वकप २०२६ छनोट यही जनवरी १४ देखि फेब्रुअरी १ तारिखसम्म नेपालमै आयोजना हुँदैछ । प्रतियोगिताका खेलहरू त्रिवि क्रिकेट मैदान तथा मूलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछन् ।



    फास्ट न्युज    
  • २०८२ पुष २१, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट