logo

२०८३ बैशाख २३ बुधबार

logo
  • २०८३ बैशाख २३ बुधबार
  • ओखलढुंगामा एक दम्पतीको बीभत्स हत्या, शंकास्पद केही व्यक्ति प्रहरी निगरानीमा

    1.1KShares
    ओखलढुंगामा एक दम्पतीको बीभत्स हत्या, शंकास्पद केही व्यक्ति प्रहरी निगरानीमा

    ओखलढुंगा । ओखलढुंगामा एक दम्पतीको बीभत्स हत्या भएको छ। चिशङ्खुगढी गाउँपालिका–६ भदौरे निवासी ६० वर्षीय शोभितमान थापामगर र उनकी श्रीमती रत्नमाया थापामगरको मंगलबार राति हत्या भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।

    बिहान अबेरसम्म उनीहरू घरबाट बाहिर ननिस्किएपछि छिमेकीले खोजी सुरु गरेका थिए। बाहिरबाट बोलाउँदा कुनै पनि प्रतिक्रिया नआएपछि घरभित्र पसेर हेर्दा दुवैलाई मृत अवस्थामा फेला पारिएको छिमेकीले बताएका छन्। घटना अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट प्रहरी निरीक्षक विक्रमबहादुर भट्टराईको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानले धारिलो हतियार प्रहार गरेर दम्पतीको हत्या गरेको देखिएको छ।

    हत्या कसले र किन गर्‍याे खुलेको छैन। दोषी पहिचानका लागि सम्भावित सबै कोणबाट छानबिन भइरहेको प्रहरीले जनाएको छ। ‘हामीले शंकास्पद केही व्यक्तिलाई निगरानीमा राखेका छौँ। अहिलेसम्म कसैलाई पक्राउ गरेका छैनौँ,’ इन्सपेक्टर भट्टराईले भने। केही महिनाअघि पनि सिद्धिचरण नगरपालिका–४ चार्खुकी ५२ वर्षीया रत्नकुमारी कटवाल कार्कीको घरैमा हत्या भएको थियो। कार्कीका हत्यारा अझै पत्ता लागेका छैनन्। यो घटनामा पनि प्रहरीले तालिम प्राप्त कुकुर झिकाएर अनुसन्धान गरेको थियो।

     



    फास्ट न्युज    
  • २०८२ पुष १६, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट