logo

२०८३ जेष्ठ २५ सोमबार

logo
  • २०८३ जेष्ठ २५ सोमबार
  • सहिद सुपुत्र सन्दिप पुन प्रलोपा विद्यार्थी सङ्गठनको संयोजक चयन

    1.1KShares
    सहिद सुपुत्र सन्दिप पुन प्रलोपा विद्यार्थी सङ्गठनको संयोजक चयन

    काठमाडौँ । माओवादी युद्धका सहिद सुपुत्र सन्दिप पुन प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)को विद्यार्थी सङ्गठनको संयोजकमा चयन भएका छन् ।प्रगतिशील लोकतान्त्रिक पार्टीको पुस १ र २ गते सम्पन्न केन्द्रीय समितिको बैठकको निर्णय अनुसार पुनलाई संयोजकको जिम्मेवारी प्रदान गरिएको हो ।

    प्रलोपाका अनुसार पुनको नेतृत्वमा विद्यार्थी आन्दोलन, लोकतान्त्रिक मूल्य–मान्यता र प्रगतिशील विचारधारालाई थप सशक्त बनाउँदै सङ्गठनलाई नयाँ उचाइमा पुर्‍याइने विश्वास व्यक्त गरिएको छ ।

    साथै जेनजी विद्रोहपछि स्थापित हुने पहिलो विद्यार्थी सङ्गठन भएकाले यसको भूमिका आगामी दिनमा अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

    रुकुम पूर्वका पुन जनयुद्धका सहिद सुन्दर र बृक्षाका सुपुत्र हुन् । नेपालको राजनीतिक तथा विद्यार्थी आन्दोलनको इतिहासमा पहिलो पटक सहिदका सुपुत्रले विद्यार्थी सङ्गठनको नेतृत्व तहमा जिम्मेवारी पाएका प्रलोपाले दाबी गरेको छ ।

     



    फास्ट न्युज    
  • २०८२ पुष ८, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट