logo

२०८३ असार १४ आईतवार

logo
  • २०८३ असार १४ आईतवार
  • मुखमा कालो मास्क लगाएर शिक्षकहरूले गरे मौन प्रदर्शन

    895Shares
    मुखमा कालो मास्क लगाएर शिक्षकहरूले गरे मौन प्रदर्शन

    काठमाडौं। शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी गर्न माग सोमबार कालो मास्क लगाएर मौन प्रदर्शन गरेका छन् ।

    शैक्षिक हडताल घोषणा गरेर काठमाडौं केन्द्रित प्रदर्शन गरिरहेका शिक्षकहरूले सोमबार बबरमहल–माइतीघर क्षेत्रमा मुखमा कालो मास्क लगाएर मौन प्रदर्शन गरेका हुन् ।  महासंघले यसअघि आफूहरूसँग भएको सहमतिका आधारमा छिटो भन्दा छिटो विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने जनाएको छ ।यसअघि शिक्षकहरू कहिले सडकमै सुतेर प्रदर्शन त कहिले सिटी फुकेर सडकबाट सरकारको ध्यानाकर्षण गर्दै आएका छन् ।

    आफूहरूको मागका विषयमा प्रधानमन्त्रीले सम्बोधन नगरेसम्म आन्दोलन नरोकिने महासंघको भनाइ छ । महासंघले घोषणा गरेको शैक्षिक हडताललाई विभिन्न शिक्षक संघले समेत समर्थन गरेका छन् ।



    फास्ट न्युज    
  • २०८१ चैत्र २५, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट