logo

२०८३ श्रावण १३ बुधबार

logo
  • २०८३ श्रावण १३ बुधबार
  • राजावादीले आज गर्ने भनिएको उपत्यका बन्द कार्यक्रम फिर्ता

    1.2KShares
    राजावादीले आज गर्ने भनिएको उपत्यका बन्द कार्यक्रम फिर्ता

    काठमाडौं । राजावादी समर्थक संयुक्त जनआन्दोलन समितिले आजको लागि घोषणा गरेको उपत्यका बन्द कार्यक्रम फिर्ता लिएको छ। काठमाडौंको नारायण चौरमा हिजो भएको प्रदर्शनका क्रममा पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष पूर्व उप प्रधानमन्त्री एवं गृहमन्त्री कमल थापासहित पक्राउ परेका नेताहरू रिहा भइसकेको भन्दै समितिले उपत्यका कन्द कार्यक्रम फिर्ता लिएको हो ।

    समितिले एक विज्ञप्ति जारी गर्दै कार्यक्रम फिर्ता लिएको जानकारी गराएको हो। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने हिजै सामाजिक सञ्जाल फेस बुक मार्फत आज हुने भनिएको उपत्यका बन्दको कार्यक्रममा राप्रपाको सहभागिता नरहने जनाएका थिए ।



    फास्ट न्युज    
  • २०८२ जेष्ठ १९, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट