logo

२०८३ जेष्ठ २० बुधबार

logo
  • २०८३ जेष्ठ २० बुधबार
  • ट्रम्पले नेपाललगायत २९ देशबाट फिर्ता बोलाए राजदूत

    1KShares
    ट्रम्पले नेपाललगायत २९ देशबाट फिर्ता बोलाए राजदूत

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले नेपाललगायत २९ देशबाट राजदूत फिर्ता बोलाएका छन् । ३० जना अनुभवी राजदूतहरूलाई पदबाट हटाएर फिर्ता बोलाएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । । ट्रम्प प्रशासनले फिर्ता बोलाएका राजदूतहरूको नियुक्ति बाइडेन प्रशासनको समयमा भएको र सबै ट्रम्पको दोस्रो कार्यकालमा पनि पदमा रहँदै आएका थिए ।

    ट्रम्प प्रशासनको यो कदमले विदेश नीतिमा ठूलो परिवर्तनको तयारी देखाउने बताइएको छ । राष्ट्रपति ट्रम्पको ‘अमेरिका फर्स्ट’ प्राथमिकताहरू पूर्ण रूपमा समर्थन गर्ने कर्मचारीहरूको नियुक्ति गर्नका लागि राजदूत र अन्य वरिष्ठ दुतावासका पदहरूबाट आफ्ना राजदूतहरूलाई फिर्ता बोलाउन लागेको बताइएको छ ।

    विदेश विभागका दुई अधिकारीहरूले नाम नछाप्ने सर्तमा बताएअनुसार, गत हप्ता कम्तिमा २९ देशमा खटिएका राजदूतहरूलाई सूचना दिइएको छ । उनीहरूको सेवा जनवरीमा समाप्त हुने भनिएको छ । यी सबैलाई गत बुधबारदेखि वाशिङ्टनका अधिकारीहरूबाट नोटिसहरू प्राप्त हुन थालेका थिए ।

    अमेरिकी राजदूतहरू राष्ट्रपतिको इच्छाअनुसार काम गर्छन्, यद्यपि सामान्यतया उनीहरू तीनदेखि चार वर्षसम्म पदमा रहन्छन् । नोटिस प्राप्त गर्ने यी सबै राजदूतहरूको नियुक्ति बाइडेनको कार्यकालमा भएको थियो ।

     



    फास्ट न्युज    
  • २०८२ पुष ७, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट