logo

२०८३ बैशाख १० बिहीबार

logo
  • २०८३ बैशाख १० बिहीबार
  • महान्यायाधिवक्ता कँडेलविरुद्धको तीनवटा रिटमा आज सुनुवाइ हुँदै

    718Shares
    महान्यायाधिवक्ता कँडेलविरुद्धको तीनवटा रिटमा आज सुनुवाइ हुँदै

    काठमाडौँ । महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको नियुक्तिसम्बन्धि योग्यतामा प्रश्न उठाउँदै दायर भएका तीनवटा रिटमा आज सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार बुधबार महान्यायाधिवक्ता डा. कँडेलको नियुक्तिविरुद्ध तीनवटा रिट निवेदन दर्ता भएका छन् ।

    महान्यायाधिवक्ता डा. कँडेलको नियुक्तिसम्बन्धी योग्यतामा प्रश्न उठाउँदै अधिवक्ताहरु माधव बस्नेत, दिपकराज जोशीलगायतले रिट निवेदन दायर गरेका हुन् । रिट निवेदनमा महान्यायाधिवक्ताजस्तो पदमा अयोग्य व्यक्ति नियुक्त गरेको उल्लेख छ । प्रधानमन्त्री बालेन्द्र शाहले २०८२ चैत २२ गते डा. कँडेललाई महान्यायाधिवक्ता नियुक्त गरेका थिए ।

    प्रधानमन्त्री शाहले सर्वोच्च अदालतको न्यायाधीश हुन योग्यता पुगेको व्यक्तिलाई महान्यायाधिवक्ता नियुक्त गर्नसक्ने संवैधानिक व्यवस्था छ । निरन्तर १५ वर्ष कानून व्यवसायमा संलग्न व्यक्ति हुनुपर्नेमा महान्यायाधिवक्ता डा. कँडेलको अनुभव नभएको रिट निवेदनमा उल्लेख छ ।

     



    फास्ट न्युज    
  • २०८३ बैशाख १०, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट