logo

२०८३ श्रावण १ शुक्रबार

logo
  • २०८३ श्रावण १ शुक्रबार
  • माइतीघर मण्डला क्षेत्रमा गोलभेँडा फ्याँकेर किसानले गरे प्रदर्शन, उचित मूल्य नपाएको गुनासो

    796Shares
    माइतीघर मण्डला क्षेत्रमा गोलभेँडा फ्याँकेर किसानले गरे प्रदर्शन, उचित मूल्य नपाएको गुनासो

    काठमाडौं। कृषि उपजको उचित मूल्य नपाएको तथा बिचौलियाको प्रभाव अन्त्य गर्नुपर्ने माग गर्दै किसानहरूले बुधबार माइतीघर मण्डला क्षेत्रमा गोलभेँडा फ्याँकेर विरोध प्रदर्शन गरेका छन्।

    प्रदर्शनमा सहभागी किसानहरूले कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीविरुद्ध नाराबाजी गर्दै ‘कृषिमन्त्री मुर्दावाद’ लगायतका नारा लगाए। प्रदर्शनका क्रममा उनीहरूले गोलभेँडा तथा अन्य तरकारीको न्यूनतम समर्थन मूल्य तोक्न, कृषि बिमा लागू गर्न र किसानमैत्री नीति अवलम्बन गर्न माग गरेका प्लेकार्ड पनि प्रदर्शन गरेका थिए।

    किसान बम तामाङका अनुसार उचित मूल्य नपाएका कारण विरोधस्वरूप कृषि फार्मबाटै गोलभेँडा ल्याएर माइतीघरमा फ्याँकिएको हो। उनले मन्त्रालय र मन्त्रीले किसानका समस्या समाधान गर्न नसकेको आरोप पनि लगाए।

    प्रदर्शनकारी किसानहरूले कृषि पेसालाई सुरक्षित, सम्मानित र मर्यादित बनाउन सरकारले तत्काल नीतिगत सुधार गरी किसानमैत्री कदम चाल्नुपर्ने मुख्य माग राखेका छन्। आफ्ना मागहरू सम्बोधन नभए आन्दोलनलाई अझ सशक्त बनाउने चेतावनीसमेत उनीहरूले दिएका छन्।



    फास्ट न्युज    
  • २०८३ असार ३१, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट