logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • काठमाडौंमा गत माघमा ९७६ अपराधका मुद्दा दर्ता

    871Shares
    काठमाडौंमा गत माघमा ९७६ अपराधका मुद्दा दर्ता

    काठमाडौं । काठमाडौं जिल्लामा गत माघ महिनामा ९७६अपराधका मुद्दा दर्ता भएको छ । ती मुद्दामध्ये १५९ जघन्य तथा गम्भीर अपराधका रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।

    गत माघमा महिला बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित २२ मुद्दा रहेका छन् । आर्थिक अपराधका भने ४६६ मुद्दा दर्ता भएको पनि प्रहरीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

    अन्य विभिन्न प्रकारका गरेर ३४० मुद्दा दर्ता भएको पनि उनले बताए । यस बीचमा ‘विशेष अपरेसन’ चलाएर काठमाडौंमा मोटरसाइकलमा चढी सडकमा हिँड्ने व्यक्तिमाथि लुटपाट गर्ने १० जनालाई पक्राउ गरी कानुनी कारबाही गरिएको प्रहरीले जनाएको छ ।

    फैसला कार्यान्वयनतर्फ भने ३६० जनालाई पक्राउ गरी उनीहरूबाट रु दुई करोड २० लाख जरिवाना असुलसमेत भएको प्रहरीले जानकारी दिएको छ । यस्तै चालु मुद्दातर्फ ७०९ जनालाई पक्राउ गरिएको छ ।

    यसमा ६३७ पुरुष छन् । महिला बालबालिकासँगसम्बन्धित उजुरी घरेलु हिंसातर्फ १४९ र ठाडो निवेदन ४९ दर्ता हुन आएकामा घरेलु हिंसाका १३१ र ठाडो निवेदनमा ३६ मिलापत्र भएको प्रहरीले पनि प्रहरीले जनाएको छ । –रासस



    फास्ट न्युज    
  • २०८२ फाल्गुन ५, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट