logo

२०८३ जेष्ठ २० बुधबार

logo
  • २०८३ जेष्ठ २० बुधबार
  • एमाले अध्यक्षमा केपी शर्मा ओली, महासचिवमा शंकर पोखरेल विजयी

    1.1KShares
    एमाले अध्यक्षमा केपी शर्मा ओली, महासचिवमा शंकर पोखरेल विजयी

    काठमाडौं । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी हुनुभएको छ । ओलीले १ हजार ६६३ मत र अध्यक्षका अर्का उम्मेदवार ईश्वर पोखरेलले ५ सय ६४ मत प्राप्त गर्नुभएको छ ।

    केपी शर्मा ओली तेस्रो कार्यकालका लागि एमाले अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँ काठमाण्डौमा २०७१ सालमा सम्पन्न नवौं महाधिवेशनमा माधव नेपाललाई ४४ मतले पराजित गर्दै पहिलो पटक अध्यक्षमा निर्वाचित हुनुभएको थियो । त्यसपछि २०७८ सालमा चितवनमा भएको सौरहा महाधिवेशनबाट उहाँ दोस्रो पटक अध्यक्ष चुनिनुभयो । २०६५ सालमा काठमाण्डौमा आयोजित आठौं महाधिवेशनमा भने ओली झलनाथ खनालसँग पराजित हुनुभएको थियो । पूर्वमहासचिवसमेत रहनुभएका ईश्वर पोखरेलले भने अध्यक्ष पदका लागि पहिलो पटक प्रतिस्पर्धा गर्नुभएको हो ।

    यस्तै एमाले महासचिवमा शङ्कर पोखरेल निर्वाचित हुनुभएको छ । उहाँ यसअघि पनि महासचिव हुनुहुन्थ्यो । पोखरेलले १ हजार २ सय २८ मत प्राप्त गर्नुभयो भने प्रतिस्पर्धी सुरेन्द्रप्रसाद पाण्डेले ९ सय ९९ मत प्राप्त गर्नुभएको छ ।



    फास्ट न्युज    
  • २०८२ पुष ३, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट