काठमाडौं। दाङको लमहीमा गोली चलेको छ । लमही नगरपालिका–५ स्थित लमही गल्लीमा रहेको जुनतारा सुनचाँदी पसलमा लुटपाट गर्ने उद्देश्यले गोली चलाइएको प्रहरीको प्रारम्भिक अनुमान छ । सो क्रममा पसल सञ्चालक १८ वर्षिय दिपक सुनार घाइते भएका छन् । अहिले उनको लमही अस्पतालमा उपचार भइरहेको छ । घटनाको अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरिक्षक रोषणराज पाण्डेले जानकारी दिएका छन् ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया