काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई पक्राउ गरेको छ ।सीआईबीेले शेरचनलाई आइतबार बैंकको केन्द्रीय कार्यालय अनामनगरबाट पक्राउ गरेको हो ।
पछिल्लो समय शेरचनविरुद्ध बैंकिङ कसुर अरोपमा पछ्याइरहेको बताउँदै सीआईबी प्रवक्ता शिवकुमार श्रेष्ठले बताए । ‘बैंकिङ कसुर अरोपमा शेरचनलाई बैंकको केन्द्रीय कार्यालयबाट पक्राउ गरिएको हो,’ श्रेष्ठले भने, ‘बाँकी कुरा अनुसन्धानपछि मात्रै भन्न सकिन्छ ।’
यसअघि सीआईबीले प्रभु बैंकका पूर्वअध्यक्ष देवी भट्टचनलाई पनि बैंकिङ कसुरमा पक्राउ गरेको थियो । उनी भने हाजिर जमानीमा रिहा भएका छन् ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया