logo

२०८३ जेष्ठ १८ सोमबार

logo
  • २०८३ जेष्ठ १८ सोमबार
  • उत्पादन संस्कृति र आर्थिक राष्ट्रवादबारे धनकुटामा अन्तरसंवाद

    811Shares
    उत्पादन संस्कृति र आर्थिक राष्ट्रवादबारे धनकुटामा अन्तरसंवाद

    धनकुटा । जय नेपाल फाउण्डेसनको राष्ट्रिय अभियान ‘जय नेपाल यात्रा २०८३’ अन्तर्गत धनकुटामा ‘उत्पादन संस्कृति र आर्थिक राष्ट्रवाद : नेपाली कांग्रेसमा अन्तरसंवाद’ कार्यक्रम सम्पन्न भएको छ।
    प्रजातान्त्रिक समाजवाद, सुशासन, आर्थिक समृद्धि र सामाजिक रूपान्तरणका विषयमा वैचारिक बहस गर्दै आएको जय नेपाल फाउण्डेसनको धनकुटा शाखाले आयोजना गरेको कार्यक्रममा अभियानको देशव्यापी सुरुवात धनकुटाबाट गरिएको जानकारी दिइयो। सकारात्मक सोचको विकास र निराशा अन्त्य गर्ने उद्देश्यले यात्रा सञ्चालन गरिएको फाउण्डेसनले जनाएको छ।

    कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राईले नयाँ पुस्तालाई उत्पादन र उद्यमसँग जोड्न आवश्यक रहेको बताउँदै यस्ता रचनात्मक अभियानले समाजमा सकारात्मक सन्देश दिने विश्वास व्यक्त गर्नुभयो।
    फाउण्डेसनका केन्द्रीय अध्यक्ष बद्री अर्यालले नेपालको वर्तमान आर्थिक अवस्था, बढ्दो युवा पलायन र राजनीतिक दलमा नीतिगत स्पष्टताको आवश्यकता मध्यनजर गर्दै अभियान देशभर निरन्तर सञ्चालन हुने बताउनुभयो।
    नेपाल महिला संघ धनकुटाकी अध्यक्ष तथा पूर्व संविधानसभा सदस्य लीला सुब्बाले युवामुखी र जागरणमूलक कार्यक्रमको प्रशंसा गर्दै अभियान सफलताको शुभकामना दिनुभयो। त्यस्तै, साना तथा मझौला व्यवसायी महासंघका अध्यक्ष हरि पराजुलीले उत्पादनमुखी व्यवसायमा युवाको सहभागिता बढाउन मल, बिउ र बजार व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।
    लोकगायक विमलराज क्षेत्रीले ‘गरे के नै हुन्न र हाम्रो देशैमा’ गीत प्रस्तुत गरेको कार्यक्रममा यशोधा दाहाल, निर्मल ओझा, जयन्द्र घिसिङ र राजन पौडेललगायतले मन्तव्य राख्नुभएको थियो। कार्यक्रम जय नेपाल फाउण्डेसन धनकुटाका संयोजक खेमराज पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो।



    फास्ट न्युज    
  • २०८३ जेष्ठ १७, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट