logo

२०८३ बैशाख १८ शुक्रबार

logo
  • २०८३ बैशाख १८ शुक्रबार
  • उच्च भन्सार करका बावजुत पनि भारतबाट अमेरिकामा हुने निर्यातमा वृद्धि

    967Shares
    उच्च भन्सार करका बावजुत पनि भारतबाट अमेरिकामा हुने निर्यातमा वृद्धि

    काठमाडौं । अमेरिकी उच्च भन्सार करका बावजुद पनि भारतबाट अमेरिकी बजारतर्फको निर्यातमा सुधार देखिएको छ । ट्रम्प प्रशासनले गएको अगस्ट २७ देखि भारतमाथि ५० प्रतिशत आयात कर लागू गरेको थियो, जसमा रूसबाट तेल किनेबापत थप २५ प्रतिशत जरिवाना पनि समावेश थियो ।

    भन्सार कर लागू भएपछि भारतबाट अमेरिकातर्फको निर्यातमा तत्काल गिरावट आएको थियो । तर पछिल्ला तथ्यांकअनुसार सेप्टेम्बरमा ५ खर्ब ५ अर्ब डलर रहेको निर्यात अक्टोबरमा १४ दशलमव ५ प्रतिशत बढेर ६ खर्ब ३ अर्ब डलर पुगेको बीबीसीले जनाएको छ ।

    यो सुधार भारतीय सरकारी तेल कम्पनीहरूले अमेरिकासँग वार्षिक एलपीजी आयात बढाउन सहमति जनाएका बेला देखिएको हो । साथै ट्रम्प प्रशासनले केही कृषि उत्पादनमा भने छूट दिएको छ, जसले भारतलाई राहत मिल्ने अपेक्षा छ ।

    उता, व्यापार सम्झौताको प्रमुख बुँदामा छलफल सकिएको भारतीय अधिकारीहरूले बताएका छन् । भारतका वाणिज्य मन्त्री पीयूष गोयलले दुवै देशबीच कुनै प्रकारको व्यापारिक तनाव नरहेको र आपसी सम्बन्ध स्थिर रहेको बताएको खबरमा उल्लेख छ ।



    फास्ट न्युज    
  • २०८२ मंसिर ३, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट