logo

२०८३ बैशाख १२ शनिबार

logo
  • २०८३ बैशाख १२ शनिबार
  • कम हुँदै मोन्था चक्तवातको प्रभाव, केही स्थानमा वर्षा र हिमपात

    1KShares
    कम हुँदै मोन्था चक्तवातको प्रभाव, केही स्थानमा वर्षा र हिमपात

    काठमाडौं । नेपालमा हाल पश्चिमी वायू र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। बंगालको खाडीबाट आएको मोन्था चक्रवात भने कमजोर बन्दै गएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    आइतबार देशभर आंशिकदेखि साधारतया बदली रहेको छ। बिहान कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका विभिन्न भूभागहरुमा छिटपुटदेखि हल्का वर्षा भएको छ।

    दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली रही मधेश प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रहने तथा बाँकी भू(भागमा मौसम मूख्यतया सफा रहने महाशाखाले जनाएको छ।

    दिउँसो कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू(भागका थोरै स्थानहरूमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ ।

    आइतबार राति कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम मूख्यतया सफा रहने छ ।

    राति कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र हिमाली भू(भागका एक(दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।



    फास्ट न्युज    
  • २०८२ कार्तिक १६, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट