logo

२०८३ असार ७ आईतवार

logo
  • २०८३ असार ७ आईतवार
  • हिमालय इङ्लिस स्कूलका प्रिन्सिपल कमल खनाललाई ‘अन्तर्राष्ट्रिय आउटस्टान्डिङ प्रिन्सिपल अवार्ड’

    1.2KShares
    हिमालय इङ्लिस स्कूलका प्रिन्सिपल कमल खनाललाई ‘अन्तर्राष्ट्रिय आउटस्टान्डिङ प्रिन्सिपल अवार्ड’

    विराटचोक । मोरङको सुन्दरहरैंचा नगरपालिका–१० स्थित हिमालय इङ्ग्लिस स्कूलका संस्थापक प्रिन्सिपल कमल खनालले इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२५ प्राप्त गर्ने भएका छन् । उक्त अवार्ड अष्ट्रेलियास्थित एक्जिटो इभेन्ट्स नामक संस्थाद्वारा प्रदान गरिँदै आएको अन्तर्राष्ट्रिय सम्मान हो।

    खनाललाई ‘Outstanding Principal Award’ श्रेणीमा सम्मान गर्न लागिएको हो। यस वर्षको अवार्ड कार्यक्रम अक्टोबर १४ तारिखमा मलेसियाको राजधानी क्वालालम्पुरस्थित लिनकन युनिभर्सिटीमा आयोजना हुने छ। कार्यक्रममा नेपाल, भारत, मलेसिया, फिलिपिन्स, बांग्लादेश, संयुक्त राज्य अमेरिका, बेलायतलगायत विभिन्न देशका शिक्षाविद्, शैक्षिक संस्था तथा प्रतिष्ठित व्यक्तित्वहरूलाई सम्मान गरिने बताइएको छ।

    अविरल तीन वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको यो अवार्ड कार्यक्रमले शैक्षिक क्षेत्रका अग्रणी व्यक्तिहरूको योगदानलाई अन्तर्राष्ट्रिय मञ्चमा उजागर गर्दै आएको छ। शिक्षा क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका खनालले सुन्दरहरैंचा क्षेत्रमा गुणस्तरीय शिक्षा प्रवर्द्धन, नेतृत्व विकास र सामुदायिक शिक्षा सशक्तीकरणमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका छन्। उनीद्वारा स्थापना गरिएको हिमालय इङ्ग्लिस स्कूलले शैक्षिक नवप्रयोग, सामाजिक उत्तरदायित्व र विद्यार्थी नेतृत्व विकासका क्षेत्रमा पनि उल्लेखनीय उपलब्धि हासिल गरेको छ।

    प्रिन्सिपल खनाल अक्टोबर ५ देखि १५ सम्मको अवधिमा सिंगापुर, थाइल्यान्ड र मलेसियास्थित विभिन्न स्कूल, कलेज र युनिभर्सिटीको भ्रमण गर्ने कार्यतालिका सहित विदेश प्रस्थान गरिसकेका छन्। भ्रमणको क्रममा उनले विभिन्न अन्तर्राष्ट्रिय शैक्षिक प्रतिनिधिहरूसँग अनुभव आदान–प्रदान र साझेदारी सम्बन्ध विस्तार गर्ने योजना बनाएका छन्।

    नेपालका शैक्षिक वृत्तमा यो पुरस्कारलाई खनालको दीर्घ परिश्रम र समर्पणप्रतिको सम्मानका रूपमा लिइएको छ। हिमालय इङ्ग्लिस स्कूल परिवार, स्थानीय समुदाय र विद्यार्थी अभिभावकहरूले यो उपलब्धिलाई गर्वका साथ स्वागत गरेका छन्।

     

    ← Back

    Thank you for your response. ✨

     



    फास्ट न्युज    
  • २०८२ आश्विन २२, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट