काठमाडौँ । गोरखा घर भई हाल काठमाडौँ महानगरपालिका–२६ गंगबु बस्दै आएका ७७ वर्षीय विनोदकुमार श्रेष्ठलाई प्रहरीले ठूलो मात्रामा नगदसहित पक्राउ गरेको छ।
मंगलबार दिउँसो उपत्यका प्रहरी कार्यालयको विशेष सूचनाका आधारमा गरिएको छापामारी क्रममा श्रेष्ठको घरबाट करिब पौने चार करोड रुपैयाँ बराबरको नगद र सुनका गहना बरामद गरिएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसपी शेखर खनालले जनाए।
प्रहरीका अनुसार, श्रेष्ठले सुनका गहना धितो राख्ने प्रथा अपनाई व्यक्तिहरूलाई मिटर ब्याजमा रकम दिँदै आएको तथ्य खुलेको छ। ‘हालसम्म बरामद भएको नगद करिब पौने चार करोड रुपैयाँ बराबर छ, अझै पैसा गणना भइरहेको छ। बरामद सुनको तौल जोख्ने कार्य बाँकी छ,’ एसएसपी खनालले बताए।
छापामारीमा उपत्यका प्रहरी कार्यालयको विशेष टोलीसँगै काठमाडौँ जिल्ला प्रहरी परिसर र महाराजगञ्ज वृत्तको टोली पनि सहभागी भएको थियो।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया