काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा सहभागी दुई जना मन्त्रीलाई फिर्ता बोलाउने तयारी गरेको छ।
शनिबार बसेको जसपा पदाधिकारी बैठकले सरकारमा सहभागी खानेपानी मन्त्री प्रदीप यादव र महिला मन्त्री नवलकिशोर साह सुडीलाई फिर्ता बोलाउने विषयमा छलफल गरेको हो।
उनीहरुलाई फिर्ता बोलाएर नयाँलाई अवसर दिन प्रधानमन्त्रीलाई नयाँ मन्त्रीको नाम बुझाइएको छ । तर प्रधानमन्त्री ओलीले नयाँ मन्त्री बनाउन आलटाल गरेको भन्दै जसपाले सरकारमा सहभागी दुई मन्त्रीलाई फिर्ता बोलाउने तयारी गरेको हो।
त्यस्तै, जसपाले यादव र सुडीको ठाउँमा डा। वीरेन्द्र महतो र मञ्जु झालाई मन्त्री बनाउने तयारी गरेको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया