काठमाण्डाै । शुक्रबार दिउँसाे तीनकुने क्षेत्रमा राजावादीकाे प्रदर्शनमा प्रहरीकाे गाेली लागेर घाइते भएका युवककाे ज्यान गएकाे छ ।
प्रहरीकाे गाेली लागेर घाइते भएका कीर्तिपुरका २९ वर्षीय सबिन महर्जनको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा ज्यान गएकाे गृह मन्त्रालयका सहसचिव छवि रिजालले पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयाे ।
आजकाे प्रदर्शनमा राजावादीले तीनकुने क्षेत्रमा व्यक्तिका घरसँगै आलोकनगरमा रहेको नेकपा (एकीकृत समाजवादी) को कार्यालय, कोटेश्वर भाटभटेनी, सिनामङ्गलको नागरिक उड्डयन कार्यालय, अन्नपूर्ण पोस्टको कार्यालयमा तोडफोड गरेका छन् ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया