logo

२०८३ बैशाख २१ सोमबार

logo
  • २०८३ बैशाख २१ सोमबार
  • महावीर पुनलाई मन्त्री बन्न अन्तरिम प्रधानमन्त्री कार्कीकाे प्रस्ताव

    1.1KShares
    महावीर पुनलाई मन्त्री बन्न अन्तरिम प्रधानमन्त्री कार्कीकाे प्रस्ताव

    काठमाडौं — अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले डा. महावीर पुनलाई मन्त्री बन्न प्रस्ताव राखेकी छन्। मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेकी प्रधानमन्त्री कार्की विभिन्न क्षेत्रका व्यक्तिहरूसँग छलफल गरिरहेकी छन्। त्यही क्रममा उनले विज्ञान, शिक्षा तथा प्रविधि मन्त्रालयको जिम्मेवारीका लागि डा. महावीर पुनलाई प्रस्ताव दिएकी हुन्। स्रोतका अनुसार पुनसँग भएको छलफलमा प्रधानमन्त्री कार्कीले उनलाई मन्त्री पद सम्हाल्न आग्रह गरेकी थिइन्।

    तर, डा. पुनले भने प्रस्तावबारे तत्काल कुनै स्पष्ट प्रतिक्रिया जनाएका छैनन्। अहिलेको अन्तरिम सरकारमा जम्मा तीन जना मन्त्री छन्। भदौ २७ गते प्रधानमन्त्री बनेकी सुशीला कार्कीले हालसम्म रामेश्वर खनाललाई अर्थ मन्त्रालय, कुलमान घिसिङलाई ऊर्जा, सिंचाइ, शहरी विकास तथा भौतिक पूर्वाधार मन्त्रालय र ओमप्रकाश अर्याललाई गृह तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइसकेकी छन्।

    महावीर पुनलाई मन्त्री बनाउनुपर्ने माग जेनजी पुस्ता र प्रगतिशील युवाहरूबाट उठिरहेको छ। सामाजिक अभियन्ता तथा वैज्ञानिकका रूपमा चिनिने डा. पुनले नेपालमा पहिलोपटक ग्रामीण क्षेत्रमा ताररहित इन्टरनेट सेवा सञ्चालन गरेका थिए। यही कार्यका लागि उनले रोमन म्यागासेसे पुरस्कारसमेत पाएका थिए।

    हाल पुन राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा प्रमुख हुन्। सूचना तथा प्रविधिको माध्यमबाट देश विकासमा योगदान पुर्‍याउने उद्देश्यले उनले सन् २०१२ मा उक्त केन्द्र स्थापना गरेका थिए। वर्षौँदेखि बन्द अवस्थामा रहेको कृषि औजार कारखानालाई पनि उनले पुनः सञ्चालनमा ल्याएका छन्। हालै उनले आफ्नो लेखिएको पुस्तक बिक्रीबाट उठेको रकम त्यही कारखाना सञ्चालनमा प्रयोग गरेका थिए।



    फास्ट न्युज    
  • २०८२ आश्विन ५, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट