logo

२०८३ बैशाख ११ शुक्रबार

logo
  • २०८३ बैशाख ११ शुक्रबार
  • संस्थागत रूपमै चुनावका काममा सहयोग गर्न एमालेलाई प्रधानमन्त्री कार्कीको आग्रह

    886Shares
    संस्थागत रूपमै चुनावका काममा सहयोग गर्न एमालेलाई प्रधानमन्त्री कार्कीको आग्रह

    काठमाडौं । संस्थागत रूपमै चुनावका काममा सहयोग गर्न प्रधानमन्त्री सुशीला कार्कीले एमाले पार्टीका नेताहरुलाई आग्रह गरेकी छन् । प्रधानमन्त्री कार्कीले उक्त दलका नेताहरूलाई बोलाएर बिहीबार बालुवाटारमा छलफल गरिन् ।

    त्यसक्रममा एमालेले संस्थागत रूपमै अब निर्वाचनमा जाने कुरामा अग्रसरता देखाउन आग्रह गरिन् ।उनले एमालेले देखाएका सुरक्षा लगायतका चासोहरुलाई सम्बोधन गर्न सरकार लागिरहेको उल्लेख गरिन् । बैठकमा सहभागी एमाले नेता महेश बर्तौलाका अनुसार सरकारको गठनको विषय नै संवैधानिक परीक्षणको क्रममा रहेकाले यसको छिनोफानो भएपछि मात्र अन्य कुरा अघि बढ्न सक्ने धारणा एमाले नेताहरूले राखेका थिए ।

    निष्पक्षता र निर्भयतासाथ चुनाव हुने विश्वस्त वातावरण नभएको एमाले नेताहरूले बताएका थिए । एमाले नेताहरूले निवर्तमान आइजीपी चन्द्रकुबेर खापुङ पदकबाट हट्ने बित्तिकै उनलाई स्थानहद गरिएको घटनाले प्रहरीको मनोबल झन् खस्किएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

    भागेका कैदीबन्दी, लुटिएका हतियार फेला नपरेको लगायतका विषयहरू पनि उनीहरुले उठाएका थिए । एमाले नेताहरूले पार्टी लोकतन्त्रमा विश्वास गर्ने दल भएकाले जनतामा जाने कुरालाई जहिले पनि प्राथमिकता राख्ने धारणा प्रधानमन्त्रीसँग राखेका थिए ।

    ‘लोकतन्त्रका लागि लागेको पार्टी एमाले सबैभन्दा बढी जनतामा जान रुचाउने पार्टी हो । त्यसका लागि वातावरण खोजिरहेको छ’ बर्तौलाले भने । एमाले नेताहरूले संवैधानिक परीक्षणको पाटोबाट छिटो टुंगिए अन्य विषय सहज रूपमा जानसक्ने धारणा राखेका थिए ।



    फास्ट न्युज    
  • २०८२ मंसिर ११, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट