logo

२०८३ बैशाख २३ बुधबार

logo
  • २०८३ बैशाख २३ बुधबार
  • अस्ट्रेलियाको क्रिकेट एसिटीमाथि नेपालकाे ४१ रनको जित

    1.1KShares
    अस्ट्रेलियाको क्रिकेट एसिटीमाथि नेपालकाे ४१ रनको जित

    काठमाडौं । अस्ट्रेलियाको क्रिकेट एसिटीमाथि नेपालले ४१ रनको जित निकालेको छ। मंगलबार बिहान भएको खेलमा टस जितेर एसिटीले पहिला फिल्ड रोजेपछि नेपालले सुरुमा ब्याटिङ गरेको थियो।

    सुरुमा ब्याटिङ गरेको नेपालले आठ विकेटको क्षतिमा १७७ रन बनायो। नेपालका लागि ओपनर आशिफ शेखले अर्धशतक हिर्काए। ३९ बल खेल्दा उनले ६९ रन बनाएका हुन्। कप्तान रोहित पौडेलले २८ बलमा २६ रन बनाउँदा आरिफ शेखले १८ बलमा २४ रन जोडे। नेपालका अन्य ब्याट्सम्यानले भने उल्लेख्य रन जोड्न सकेनन्।

    १७८ रनको चुनौती पछ्याएको एसिटी १७.२ ओभरमा १३६ रन बनाएर अलआउट भयो। एसिटीका जे स्मितले नेपालविरुद्ध अर्धशतक बनाए । ३३ बलको सामना गरेका उनले ५० रन बनाएका हुन् ।

    एसिटीलाई सस्तैमा समेट्न सन्दीप लामिछानेले पाँच विकेट लिए । चार ओभर बलिङ गर्दा सन्दीपले ३१ रन दिँदै पाँच विकेट हात पारेका हुन् । करण केसीले दुई विकेट हात पार्दा रुपेश सिंह, कुशल भुर्तेल र गुल्सन झाले एकएक विकेट हात पारे ।

    नेपाल क्रिकेट सङ्घ (क्यान) काअनुसार नेपालले अगस्ट २६ देखि ३० तारिखसम्म क्रिकेट एसिटी र साउथ अस्ट्रेलियासँग अभ्यास खेल खेल्न लागेको हो। नेपालले दुईदुई वटा टी–२० प्रतिस्पर्धा गर्नेछ। अस्ट्रेलियामा रहेको नेपालले अभ्यासकैक्रममा अगस्ट ३० तारिखमा साउथ अस्ट्रेलियासँगै एकदिवसीय खेल खेल्ने छ।



    फास्ट न्युज    
  • २०८२ भाद्र १०, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट