logo

२०८३ जेष्ठ २८ बिहीबार

logo
  • २०८३ जेष्ठ २८ बिहीबार
  • रास्वपाबाट रुपन्देही–३ मा उम्मेदवार हुन ९ जनाले दिए आवदेन (नामावलीसहित )

    1.1KShares
    रास्वपाबाट रुपन्देही–३ मा उम्मेदवार हुन ९ जनाले दिए आवदेन (नामावलीसहित )

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले रुपन्देही ३ मा हुने उपनिर्वाचनको लागि आवेदन दिएका इच्छुक व्यक्तिहरूको नामावली  सार्वजनिक गरेको छ । बिहीबार रास्वपाले फेसबुक पेजमार्फत रुपन्देही-३ को उपनिर्वाचनमा उम्मेदवार बन्न ९ जनाले आवेदन दिएको बताएको हो ।

    साउन ७ देखि २१ गतेसम्म आवेदन दिने समय तोकिएको थियो। साउन २५ गते उम्मेदवारसँग छलफल गरिनेछ भने साउन २६ गते प्रारम्भिक नामावली सार्वजनिक हुने र भदौ १२ गते प्रारम्भिक निर्वाचन हुने रास्वपाका रुपन्देही इन्चार्ज विपिन आचार्यले जानकारी दिए।

    त्यस्तै रास्वपाले साउन २५ गते उम्मेदवारहरूसँग छलफल गर्ने, २६ गते प्रारम्भिक उम्मेदवारको नामावली प्रकाशित गर्ने, साउन २६ देखि भदौ ११ गतेसम्म पार्टीले अवलम्बन गरेको उम्मेदवार छनोट विधि अनुसार मापन गरिने र भदौ १२ गते बिहानदेखि साँझ ५ बजे उम्मेदवार छनौटका लागि प्रारम्भिक मतदान हुने रास्वपाले जनाएको छ ।

     



    फास्ट न्युज    
  • २०८२ श्रावण २२, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट