logo

२०८३ बैशाख ८ मंगलवार

logo
  • २०८३ बैशाख ८ मंगलवार
  • बागमती प्रदेश सरकारबारे कांग्रेस र एमालेका शीर्ष नेताबीच के भयो छलफल ?

    1.2KShares
    बागमती प्रदेश सरकारबारे कांग्रेस र एमालेका शीर्ष नेताबीच के भयो छलफल ?

    काठमाण्डौ । बागमती प्रदेश सरकारमा देखिएको समस्याबारे सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेका शफर्ष नेताहरूले छलफल गरेका छन् ।

    वागमती सरकारको नेतृत्व गरिरहेको कांग्रेसले संसदीय दलको नेता परिवर्तन गरेपछि उत्पन्न अवस्था र त्यसको व्यवस्थापनका बारेमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूले आज छलफल गरेका हुन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीसहित एमालेबाट अर्थमन्त्री विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल रहनुभएको थियो । यस्तै कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक रहनुभएको थियो ।

    छलफलमा प्रधानमन्त्री ओलीले बागमतीको समस्याबारेमा चासो राखेपछि कांग्रेसले आन्तरिक मामिला भएकोले आफैँले मिलाउने बताएको छ । बैठकमा कांग्रेस सभापति देउवाले बागमतीका मुख्यमन्त्री बहादुरसिंह लामालाई राजीनामा दिन निर्देशन दिने र नमानेमा एमालेले समर्थन फिर्ता लिएर लामालाई हटाउने सहमति भएको बैठकमा सहभागी नेताले बताएका छन् ।

    कांग्रेसको प्रदेश संसदीय दलको हिजो सम्पन्न चुनावबाट लामाको ठाउँमा सांसद इन्द्रबहादुर बानियाँ दलको नेता चयन हुनुभएको छ । दलको नेता गुमेपछि लामामाथि नैतिक र राजनीतिक प्रश्न एकैसाथ उब्जिए पनि उहाँले राजीनामा नदिने बताउनुभएको छ ।

    लामाले राजीनामा नदिएमा उहाँलाई हटाउन एमाले सरकारबाट बाहिरिनुपर्छ । एमाले बाहिरिएपछि लामाले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने बाध्यात्मक स्थिति हुन्छ । विश्वासको मत नपाएमा लामा मुख्यमन्त्रीबाट हट्नुहुनेछ ।



    फास्ट न्युज    
  • २०८२ श्रावण १५, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट