logo

२०८३ जेष्ठ २४ आईतवार

logo
  • २०८३ जेष्ठ २४ आईतवार
  • भारतमा बन्धक बनाइएका ३५ नेपालीको उद्धार

    985Shares
    भारतमा बन्धक बनाइएका ३५ नेपालीको उद्धार

    काठमाडौं ।  भारतको उत्तराखण्ड राज्यस्थित काशीपुरमा बन्धक बनाइएका ३५ जना नेपाली नागरिकको सफल उद्धार गरिएको छ। आकर्षक जागिरको लोभ देखाएर त्यहाँ पुर्‍याइएका उनीहरूलाई शारीरिक र मानसिक यातना दिँदै विभिन्न बहानामा रकम असुल गरिएको पाइएको छ।

    नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले शनिबार एक विज्ञप्ति जारी गर्दै उत्तराखण्ड प्रहरी र सामाजिक संस्था केआइन इन्डियाको सहयोगमा ती नेपालीहरुको उद्धार गरिएको जानकारी दिएको हो।

    दूतावासका अनुसार, नेपाली युवाहरूलाई भारतको सीमावर्ती क्षेत्र हुँदै उत्तराखण्ड पुर्‍याएर बन्धक बनाइएको थियो। ती युवाहरूमाथि कुटपिट गरिनुका साथै अवैध रूपमा पैसा असुलिएको बताइएको छ । घटनामा संलग्न केही व्यक्तिहरुलाई स्थानीय प्रहरीले पक्राउ गरिसकेको र थप अनुसन्धान भइरहेको बताइएको छ।

    दूतावासले उद्धार गरिएका नेपालीहरूलाई सुरक्षित स्थानमा राखेर आवश्यक स्वास्थ्य परीक्षण, कानुनी सहायता र नेपाल फर्काउने प्रक्रिया अगाडि बढाएको छ।



    फास्ट न्युज    
  • २०८२ असार ७, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट