काठमाडौँ। सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पत्रकार सम्मेलन गर्नुहुँदै जेठ २६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।
बैठकमा २०८२ असार २ गतेदेखि ६ गतेसम्म सिजाङ ९तिब्बत० को ल्हासामा आयोजना हुने नेपाल(चीनबिचको सिजाङ ९तिब्बत० व्यापार सहजीकरण समितिको १३ औँ बैठकको छलफलको एजेन्डा स्वीकृत गर्ने र उल्लिखित बैठकमा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव संयोजक्तवमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।
त्यस्तै, निर्माण व्यवसायी सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तर्जुमाकाा लागि सिद्धान्त स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ। बैठककले ११ वटा निर्णय सार्वजनिक गरेको हो ।

© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया