logo

२०८३ बैशाख २३ बुधबार

logo
  • २०८३ बैशाख २३ बुधबार
  • गाजा युद्धविराम सम्झौताअन्तर्गत पहिलो चरणमा केही बन्धकलाई रिहा गर्न हमास तयार

    913Shares
    गाजा युद्धविराम सम्झौताअन्तर्गत पहिलो चरणमा केही बन्धकलाई रिहा गर्न हमास तयार

    गाजा । प्यालेस्टाइनी विद्रोही सङ्गठन हमासले गाजा युद्धविराम सम्झौताअन्तर्गत पहिलो चरणमा ३४ जना बन्धकलाई रिहा गर्न सहमति जनाएको छ । हमासका एक वरिष्ठ अधिकारीले रिहाइका लागि ३४ बन्धकको सूची साझा गरेको बीबीसीले जनाएको छ ।

    इजरायलसँगको सम्भावित युद्धविराम सम्झौतामा पहिलो चरणमा हमासले ३४ जना बन्धकलाई रिहा गर्ने विषयमा छलफल हुँदैछ । यीमध्ये कति जना बन्धक जीवित छन् भन्ने अझै स्पष्ट भइसकेको छैन ।

    सूचीमा रहेका नामहरूमा १० जना महिला र ५० देखि ८५ वर्षका ११ जना बन्धक छन् । जसमा केही युवा पनि समावेश छन् । जसलाई हमासले इजरायली हवाई आक्रमणका क्रममा हत्या गरिएको यसअघि दाबी गरिएको थियो । हमासले सूचीमा रहेका धेरै बन्धक बिरामी रहेको बताएको छ ।

    इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले हमासले बन्धकहरूको सूची अझै उपलब्ध नगराएको बताएको छ । इजरायलले युद्धविराम र बन्धक रिहाइ सम्झौतामा कतारमा पुनः वार्ता शुरू भएको बताएको छ ।

     



    फास्ट न्युज    
  • २०८१ पुष २२, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट