logo

२०८३ बैशाख २१ सोमबार

logo
  • २०८३ बैशाख २१ सोमबार
  • बजेटका कतिपय विषय मलाई र पार्टीलाई चित्त बुझेको छैन: कांग्रेस सभापति देउवा

    1.1KShares
    बजेटका कतिपय विषय मलाई र पार्टीलाई चित्त बुझेको छैन: कांग्रेस सभापति देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याएको बजेटका कतिपय कुरामा आफुलाई चित्त नबुझेको बताएका छन् । नेपाली कांग्रेस केन्द्रीय आपूर्ति तथा उपभोक्ता विभागले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा देउवाले अहिले नेपालको अवस्थालाई हेर्दा सरकारले ल्याएको बजेटका कतिपय कुरामा आफू र पार्टीलाई पनि चित्त नबुझेको बताएका हुन् ।

    उनले नेपाल–भारतको खुला सीमाका कारण तस्करी हुने गरेको भन्दै कडाइ गर्न जरुरी रहेको पनि धारणा राखे । सभापति देउवाले सुनको आयातलाई पूर्णरुपमा खुला गरे लुकिछिपी ल्याउने काम बन्द हुनुपर्ने उल्लेख गरेका छन् ।उनले भ्रष्टाचार नियन्त्रणका लागि संवैधानिक आयोग विद्यमान रहेकाले यसलाई प्रभावकारी बनाएर भ्रष्टाचार न्यूनीकरण गर्नुपर्ने धारणा पनि राखेका छन् ।

    तर त्यही कार्यक्रममा बोलेकका गृहमन्त्री रमेश लेखकले भने आर्थिक वर्ष २०८२/०८३ काे बजेट विधिकाे शासनद्वारा सुशासनकाे प्रत्याभूति गराउने गरी आएको बताएका छन् । कांग्रेसकाे आपूर्ति तथा उपभोक्त विभागद्वारा आयाेजित ‘आर्थिक वर्षकाे बजेटले उपभोक्ता बजार आपूर्ति श्रृङखलामा पार्ने प्रभाव’ विषयक कार्यक्रममा गृहमन्त्री लेखकले यस्ताे बताएका हुन् ।

    उद्योगपतिले उद्योग खोल्ने, व्यापारीले व्यापार गर्ने कुरालाई सरकारले सहयोग गर्नुपर्ने पनि उनले बताएका छन् । ‘सरकारका निकायकाे आ-आफ्नै काम हुन्छ । खाद्य वस्तु सुलभ, सुपथ र गुणस्तरीय बनाउन नियमनलाई बलियो बनाउनुपर्छ । सहजीकरण पनि गर्नुपर्याे,’ उनले भने, ’बेला बेलामा कृतिम अभाव र कालाबजारीकाे कुरा आउँछ । त्यसमा सरकारले नियन्त्रण गर्नुपर्याे । त्यसमा गृहमन्त्रालयले गर्नुपर्ने काम गर्छ ।’



    फास्ट न्युज    
  • २०८२ जेष्ठ २७, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार