logo

२०८३ बैशाख २१ सोमबार

logo
  • २०८३ बैशाख २१ सोमबार
  • सदर चिडियाखाना ७ बजेदेखि नै खुला. प्रवेश शुल्क ७५ रुपैयाँ

    970Shares
    सदर चिडियाखाना  ७ बजेदेखि नै खुला. प्रवेश शुल्क ७५ रुपैयाँ

    काठमाण्डौ । ललितपुरको जावलाखेलमा रहेको सदर चिडियाखाना आज बिहान ७ बजेदेखि नै खुलेको छ । रातो मच्छिन्द्रनाथको भोटोजात्रामा आएका दर्शनार्थीको सुविधालाई ख्याल गर्दै चिडियाखाना अरुबेलाभन्दा चाँडो खुलाइएको चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाले जानकारी दिनुभयो ।

    आज चिडियाखाना प्रवेश शुल्क पनि ७५ रुपैयाँ मात्रै कायम गरिएको छ । अरु दिन चिडियाखानाको प्रवेश शुल्क ज्येष्ठ नागरिकका लागि ७५ रुपैयाँ, विद्यार्थीका लागि १३५ रुपैयाँ र अरु स्वदेशी नागरिकका लागि २ सय रुपैयाँ तोकिएको छ ।

    मच्छिन्द्रनाथको दर्शन गर्नेहरु चिडियाखानाभित्र अवलोकनका साथै आराम र खानपिन गर्ने गर्छन् । आज चिडियाखानामा अरु दिनको तुलनामा दर्शनार्थीको घुइँचो धेरै हुने गर्छ । सामान्य दिनमा २ हजारदेखि २५ सय र शनिवारको दिन झन्डै ५–६ हजार जनाले चिडियाखाना अवलोकन गर्ने गर्छन् । नयाँ वर्षको दिन १८–२० हजार र भोटोजात्राको दिन २०–२२ हजार जनाले अवलोकन गर्ने गरेको कोइरालाले जानकारी दिनुभयो ।



    फास्ट न्युज    
  • २०८२ जेष्ठ १८, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट