काठमाडौं। आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.६१ पुग्ने अनुमान सरकारले गरे छ ।उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसद्मा आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.६१ प्रतिशतले हुने अनुमान गरिएको बताएका हुन् ।
चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने पनि उनले जानकारी दिए । जसमा कृषि क्षेत्रको योगदान २५.१६ प्रतिशत योगदान रहने पौडेलले उल्लेख गरे । चालु आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति आय १५१७ अमेरिकी डलर पुगेकोसमेत पौडेलले प्रतिनिधिसभाको बैठकमा जानकारी दिएका छन् ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया