logo

२०८३ श्रावण १३ बुधबार

logo
  • २०८३ श्रावण १३ बुधबार
  • आईपीएलमा दिल्लीविरुद्ध पन्जाबको ६ विकेटको जित

    994Shares
    आईपीएलमा दिल्लीविरुद्ध पन्जाबको ६ विकेटको जित

    काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले पन्जाब किङ्ग्सलाई ६ विकेटले हराएको छ । हिजो जयपुरमा भएको खेलमा पन्जाबले दिएको दुई सय ७ रनको लक्ष्य दिल्लीले १९ ओभर ३ बलमा ४ विकेट गुमाएर भेट्टायो । त्यसअघि पन्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर दुई सय ६ रन बनाएको थियो । पन्जाबका लागि कप्तान श्रेयस अय्यरले ५२ रनको अर्धशतकीय पारी खेले ।

    दिल्लीका मुस्ताफिजुर रहमानले तीन विकेट लिए । हारसँगै पन्जाबको शीर्ष–२ मा रहँदै पहिलो क्वालिफायर खेल्ने लक्ष्यमा धक्का लागेको छ । हारससँगै पन्जाबको १३ खेलमा १७ अङ्क रहेको छ । पन्जाब तालिकाको दोस्रो स्थानमा रहेको छ । यसअघि नै प्लेअफबाट बाहिरिएको दिल्लीको १४ खेलमा १५ अङ्क रहेको छ ।

    दिल्ली तालिकाको पाचौं स्थानमा छ । आईपीएल क्रिकेटमा आज गुजरात टाइटन्स र चेन्नई सुपर किङ्ग्स तथा सनराइजर्स हैदराबाद र कोलकाता नाइट राइडर्स खेल्दै छन् ।



    फास्ट न्युज    
  • २०८२ जेष्ठ ११, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट