logo

२०८३ श्रावण १४ बिहीबार

logo
  • २०८३ श्रावण १४ बिहीबार
  • सुनसरी घटनापछि राजनीतिक दल एकै ठाउँमा, रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक सुरु

    745Shares
    सुनसरी घटनापछि राजनीतिक दल एकै ठाउँमा, रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक सुरु

        काठमाडौं। सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज क्षेत्रमा भएको हिंसात्मक घटनापछि विकसित परिस्थितिलाई केन्द्रमा राख्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक सुरु भएको छ।

    सिंहदरबारस्थित लेखा समितिको बैठक कक्षमा सुरु भएको बैठकमा सुनसरी घटनाको पछिल्लो अवस्था, शान्ति–सुरक्षा, सामाजिक सद्भाव कायम गर्ने उपाय तथा समसामयिक राष्ट्रिय राजनीतिक विषयमा छलफल भइरहेको जनाइएको छ।

    बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, नेकपा एमालेका महासचिव शंकर पोखरेल, जनमत पार्टीका अध्यक्ष सिके राउतलगायत विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी छन्।

    सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपका क्रममा सशस्त्र प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको थियो भने सर्वसाधारण र सुरक्षाकर्मीसहित धेरै जना घाइते भएका छन्। घटनापछि स्थानीय प्रशासनले केही क्षेत्रमा कर्फ्यु आदेश जारी गर्दै सुरक्षा व्यवस्था कडा बनाएको छ।

    घटनाले राष्ट्रिय स्तरमै चिन्ता बढाइरहेका बेला राजनीतिक दलहरूबीच साझा धारणा निर्माण गर्ने उद्देश्यले सर्वदलीय बैठक बोलाइएको हो। बैठकमा घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही, पीडितलाई राहत तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन राजनीतिक दलहरूले संयुक्त प्रतिबद्धता जनाउने विषयमा समेत छलफल हुने अपेक्षा गरिएको छ।

    बैठकपछि सहभागी दलहरूले संयुक्त धारणा सार्वजनिक गर्ने सम्भावना रहेको स्रोतले जनाएको छ।



    फास्ट न्युज    
  • २०८३ श्रावण १३, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट