logo

२०८३ भाद्र २८ आईतवार

logo
  • २०८३ भाद्र २८ आईतवार
  • मध्यरातमा दमौलीको मादी पुलमा जीप दुर्घटना, तीन जनाको मृत्यु

    1KShares
    मध्यरातमा दमौलीको मादी पुलमा जीप दुर्घटना, तीन जनाको मृत्यु

    काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिकाको वडा नम्बर ३ र ५ जोड्ने मादी नदीको पुलबाट जीप खस्दा तीन जनाको ज्यान गएको छ । गएराति १२ बजे पाँच जना सवार जीप दुर्घटना भएको हो ।

    दमौलीबाट चापाघाटका लागि छुटेको ग २ च ५७६० नम्बरको जीप मादी नदी पुलको रेलिङ भत्काएर नदीमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिनुभयो ।

    दुर्घटनामा ज्यान गुमाउनेमा व्यास–५ का ३५ वर्षीय प्रविन थापामगर, त्यही ठाउँका २२ वर्षीय कुमार थापा र २० वर्षीय कुशल थापा रहेका प्रहरीले जनाएको छ । त्यस्तै, दुर्घटनामा परेर चालक रोहित गुट्टा र धिरज रौनिहार घाइते भएका छन ।

    घाइतेमध्ये रौनिहारलाई दमौली अस्पतालमा प्राथमिक उपचार गरेर पोखरा रिफर गरिएको छ । चालक गुट्टाको दमौली अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।



    फास्ट न्युज    
  • २०८२ जेष्ठ ११, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट