logo

२०८३ बैशाख २० आईतवार

logo
  • २०८३ बैशाख २० आईतवार
  • कञ्चनपुरका सबै छाउगोठ भत्काउन प्रशासनले दियो निर्देशन

    964Shares
    कञ्चनपुरका सबै छाउगोठ भत्काउन प्रशासनले दियो निर्देशन

    धनगढी। कञ्चनपुरमा सबै पालिकामा छाउगोठ भत्काउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । प्रशासनले आज सार्वजनिक सूचना जारी गर्दै नौ वटै पालिकामा छाउपडीगोठ भत्काउन आग्रह गरेको हो । सो जिल्लामा महिनावारी भएको बेला छाउपडी गोठमा बसेकी कृष्णपुर नगरपालिका–१ निगालीकी २८ वर्षीया कमला आउजी दमाईको सर्पको टोकाइबाट शनिवार ज्यान गएको थियो ।

    छाउगोठमा बसेकी महिलाले अकालमै ज्यान गुमाएपछि प्रशासनले सबै पालिकाहरूलाई छाउगोठ भत्काउने अभियान सञ्चालन गर्नका लागि पत्राचार गरेको छ । प्रशासनले छाउगोठ भत्काउने अभियान सञ्चालनका लागि भीमदत्त नगरपालिका, कृष्णपुर, वेदकोट, शुक्लाफाँटा, दोधारा चाँदनी, पुनर्वास, बेलौरी नगरपालिका र बेलडाँडी तथा लालझाडी गाउँपालिकालाई पत्राचार गरेको हो ।

    प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालद्वारा जारी सूचनामा छाउपडी कुप्रथा अन्त्यका लागि सबै स्थानीय तहबाट आवश्यक निर्णय गराइ छाउगोठ भत्काउने अभियान तत्काल सञ्चालन गर्न जरुरी रहेको उल्लेख छ ।



    फास्ट न्युज    
  • २०८२ असार ३०, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार