काठमाडौं । बैतडी केन्द्रविन्दु भएर आज बिहानपख भूकम्पको धक्का महसुस भएको छ । खलंगा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको बुझिएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र काठमाडौंका अनुसार भूकम्पको तीव्रता ५.१ म्याग्निच्युड मापन गरिएको छ ।
बिहानका राति १ बजेर ४८ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको थियो । गहिरो निद्रामा रहेका बेला आएको भूकम्पले मानिसहरु त्रसित भएका थिए । भूकम्पले क्षति पुगे/नपुगेकोबारे स्पष्ट भइसकेको छैन ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया