काठमाडौँ । नेपाल विद्यार्थी सङ्घको समन्वयमा आज कानुन पढ्ने विद्यार्थीका लागि ‘पेड इन्टर्नसिप’ सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । त्रिभुवन विश्वविद्यालय कानुन सङ्कायका डीन डा कृष्णप्रसाद बस्यालको उपस्थितिमा इच्छुक ल फर्म र नेपाल ल क्याम्पसका क्याम्पस प्रमख श्यामबहादुर कार्कीबीच सम्झौतामा हस्ताक्षर भएको नेविसङ्घका प्रवक्ता सुरज सेजुवालले जानकारी दिनुभयो ।
उक्त सम्झौतापत्रमा समन्वयकर्ता एवं साक्षीका रूपमा नेपाल विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले हस्ताक्षर गर्नुभएको थियोे । यस ‘पेड कार्यक्रम इन्टर्नसिप’ सम्झौतापछि ल फर्ममा काम सिक्न चाहने कानुन अध्ययनरत विद्यार्थीहरूले पारिश्रमिकका रुपमा मासिक रु एक हजार ५०० हजार प्राप्त गर्नेछन् ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया