logo

२०८३ श्रावण १२ मंगलवार

logo
  • २०८३ श्रावण १२ मंगलवार
  • राष्ट्र बैंकको गभर्नर नियुक्तिको चर्चाले सेयर बजारमा उछाल, झण्डै ५० अंकले बढ्यो

    1KShares
    राष्ट्र बैंकको गभर्नर नियुक्तिको चर्चाले सेयर बजारमा उछाल, झण्डै ५० अंकले बढ्यो

    काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उछाल आएको छ । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको चर्चाले बजारमा उछाल आएको हो । आज नेप्से ४९.०९ अंकले बढेर २ हजार ६ सय ७७ दशमलव ४५ विन्दुमा बन्द भएको हो । आजको कारोबारमा २२९ कम्पनीको शेयरमूल्य बढ्दा १५ को घटेको छ । घटेको बजारमा एक कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

    दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा सिन्धु विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंक रहेका छन् । यी कम्पनीका लगानीकर्ताहरूले आज सर्वाधिक कमाएका छन् । अन्य तीन कम्पनीको शेयरमूल्य पनि ९ प्रतिशतले बढेको छ ।

    उच्च अंकले बढेको शेयर बजारमा वीन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य ३.०९ प्रतिशतले घटेको छ । राधी विद्युत् कम्पनीको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको आज ४१ करोड ८० लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।



    फास्ट न्युज    
  • २०८२ जेष्ठ ६, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट