logo

२०८३ जेष्ठ २३ शनिबार

logo
  • २०८३ जेष्ठ २३ शनिबार
  • सन्दीपले क्यानसँग सम्झौता नगर्ने

    1.1KShares
    सन्दीपले क्यानसँग सम्झौता नगर्ने

    काठमाडौं | नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार लेग स्पिनर सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय सम्झौतामा समावेश नहुने घोषणा गरेका छन् ।सन्दीपले सामाजिक संजालमार्फत् बुधबार उक्त निर्णय लिएको सार्वजनिक गरेका हुन् ।

    सन्दीपको सो स्ट्याटसमा उनी क्रिकेट र राष्ट्रबाट टाढिएको नभएर व्यक्तिगत र व्यावसायिक रुपमा अघि बढ्न यो कदम चालेको उल्लेख छ । उनले आफ्नो क्षमता अभिवृद्धिमा क्यानको सहयोगको स्मरण गर्दै यो निर्णयले आफ्नो क्रिकेटप्रतिको लगाव कम नहुने पनि उल्लेख गरेका छन् ।  उनले यो निर्णयका लागि धेरै सोचेको समेत स्पष्ट पारे । सन्दीपले यसलाई आफ्नो व्यक्तित्व र पेशागत जीवन सुधारतर्फको एउटा पाइला रहेको सामाजिक सञ्जालमा उल्लेख गरे ।उनले क्यानलाई निरन्तर साथका लागि धन्यवादसमेत दिए । क्यानको केन्द्रीय सम्झौतामा नरहे पनि उनी नेपालबाट खेल्ने प्रष्ट पारेका छन् । नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामाले पनि सन्दीपको सो निर्णय आएको पुष्टि गरो छन् । क्यानले यस विषयमा छलफल गरेर निर्णय लिने पनि उनले बताए ।

    नियमित नेपाल क्रिकेट टिमबाट खेल्दै आएका सन्दीपले २१ वर्षको उमेरमा नै नेपाली टिमको कप्तानी गर्ने अवसर पाएका थिए । तर, यौन दुर्व्यवहारको मुद्दामा उनी मुछिएपछि उनलाई क्यानले निलम्बन गरेको थियो । पछि उच्च अदालतबाट साफइ पाएपछि उनी पुनः राष्ट्रिय क्रिकेट टिममा छन् ।

    यस निर्णयपछि पनि आफू राष्ट्रिय टोलीका लागि नियमित रूपमा खेलिरहने उनले स्पष्ट पारेका छन् । “जीवन यात्रामा कहिलेकाहीं केही निर्णयहरू दुरी होइन, उद्देश्य र आत्मविकासबाट उत्पन्न हुन्छन्,” उनले लेखेका छन् ।



    फास्ट न्युज    
  • २०८२ बैशाख ३१, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट