काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘काभा वुमन्स भलिबल नेसन्स् लिग, २०२४’ मा सहभागी राष्ट्रिय महिला भलिबल खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार वितरण गरेका छन् ।
प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कार्यक्रममा सो टोलीका क्याप्टेन अरुणा शाहीसहित १४ खेलाडीलाई जनही तीन लाख, मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्टलाई रु दुई लाख, सहायक प्रशिक्षक भरत यादव, व्यवस्थापक निलमसिंह बज्राचार्यलाई र फिजियो लोकेन्द्र कुँवरलाई जनही रु एक लाख २० हजार राशीसहित पुरस्कार प्रदान गरिएको हो । गत साउन १७ देखि २३ गतेसम्म काठमाडौँमा भएको उक्त खेलमा नेपालले उत्कृष्ट प्रदर्शनसहित दोस्रो स्थान हासिल गरेको थियो ।
गत साउन ३१ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एक कार्यक्रमको आयोजना गर्दै उनीहरुलाई सम्मान गरेको हो ।
सरकारले १४ जना खेलाडीहरुलाई जनही तीन लाख, मुख्य प्रशिषक जगदिश प्रशाद भट्टलाई दुई लाख, सहायक प्रशिक्षक भरत यादवलाई एक लाख २० हजार र फिजियो थेरापिस्ट लोकन्द्र कुँवरलाई पनि एक लाख २० हजार रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरेको हो ।
त्यस्तै उहाले महिला भलिबल खेलाडीले हालसम्म पाएको सफलताप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा नयाँ कीर्तिमान कायम गर्ने गरी मेहनत गर्न आग्रह गर्नुभयो । कार्यक्रममा नेपाली टोलीका क्याप्टेन अरुणा शाहीसहित १४ खेलाडीलाई जनही रु तीन लाख, मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्टलाई रु दुई लाख, सहायक प्रशिक्षक भरत यादव, व्यवस्थापक निलमसिंह बज्राचार्यलाई र फिजियो लोकेन्द्र कुँवरलाई जनही रु एक लाख २० हजार राशीसहित पुरस्कार प्रदान गरिएको हो । गत साउन १७ देखि २३ गतेसम्म काठमाडौँमा भएको उक्त खेलमा नेपालले उत्कृष्ट प्रदर्शनसहित दोस्रो स्थान हासिल गरेको थियो ।
© 2025: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd