काठमाडौं । शिक्षक आन्दोलनमा अभिभावक घुसेपछि आन्दोलनकारीले हातपात र कुटपिट गरेका छन् ।आफूलाई ललितपुरको गोदावरीस्थित सरस्वती माध्यमिक विद्यालयका अभिभावक बताउने सनोज महतमाथि नयाँ बानेश्वरस्थित आर्कब्रिजको सडकमा हातपात भएको भिडिओ सामाजिक सञ्जालमा आएको छ । उनी आन्दोलनमा घुसेपछि लफडा भएको हो ।
शिक्षकहरुले भने उनी शिक्षक नभएको र घुसपेठ भएको भन्दै बाहिर निकाल्न कोसिस गर्दै थिए । जबकि शिक्षकहरुकै समूहबाट महतमाथि हातपात भएको छ । केही शिक्षकले भने हातपात नगर्न भनेको पनि सुनिन्छ ।महतले भने आफ्नो छोरीको भर्ना हुन नपाएपछि म सडकमा आएको बताएका छन् ।शिक्षकहरुले भने बारबार बाहिर जानुस् भन्दै उनलाई हटाउन खोजेको बेलामै हातपात भएको हो ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया