logo

२०८३ बैशाख ११ शुक्रबार

logo
  • २०८३ बैशाख ११ शुक्रबार
  • दुर्गा प्रसाईँ झापाबाट प्रहरी नियन्त्रणमा, काठमाडौं ल्याइँदै

    922Shares
    दुर्गा प्रसाईँ झापाबाट प्रहरी नियन्त्रणमा, काठमाडौं ल्याइँदै

    काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा हिंसात्मक आन्दोलन मच्चाएर फरार भएका दुर्गा प्रसाईं नेपाल प्रहरीको नियन्त्रणमा परेका छन् । भारतीय प्रहरीले अनौपचारिक रुपमा उनलाई झापाको भद्रपुर नाकामा ल्याएर छाडेपछि नेपाल प्रहरीले नियन्त्रणमा लिएको हो ।

    भारतको आसामबाट समातिएका प्रसाईंलाई सुपुर्दगी सन्धि अभावका कारण अनौपचारिक रुपमा छिमेकी प्रहरीले नेपाल प्रहरीलाई जिम्मा लगाएको हो । उनलाई शुक्रबार बिहान ११ बजेको उडानबाट काठमाडौं ल्याउन लागिएको छ । उनलाई अहिले जिल्ला प्रहरी कार्यालय भद्रपुरको हिरासतमा राखिएको छ ।

    काठमाडौं विमानस्थलबाट जिल्ला प्रहरी परिसरले जिम्मा लिएपछि उनलाई भद्रकालीस्थित हिरासतमा लगिनेछ । त्यहाँबाट उनलाई जिल्ला सरकारी वकिलको कार्यालयमार्फत् राज्यविरुद्धको अपराधअन्तर्गत जिल्ला अदालतमा म्याद थपका लागि लगिने छ।

    म्याद थपेर उनीमाथि रवीन्द्र मिश्र र धवल शमशेर जबरालाई जस्तै राज्यविरुद्धको अपराधमा अनुसन्धान अघि बढाइनेछ । गत चैत १५ गते उनी र नवराज सुवेदी नेतृत्वको राजावादी प्रदर्शका क्रममा २ जनाले ज्यान गुमाएका थिए । त्यसक्रममा ४६ करोडको क्षति भएको अनुमान छ । उक्त घटनाका लागि जिम्मेवार बनाएर उनीविरुद्ध सजायको मागदाबी तयारी प्रहरीले गरेको छ ।



    फास्ट न्युज    
  • २०८१ चैत्र २९, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट