logo

२०८३ बैशाख २४ बिहीबार

logo
  • २०८३ बैशाख २४ बिहीबार
  • देशका विभिन्न ठाउँमा वर्षा, प्रदूषण घट्यो

    976Shares
    देशका विभिन्न ठाउँमा वर्षा, प्रदूषण घट्यो

    काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा वर्षा भइरहेको छ । आज बिहानैदेखि काठमाण्डौ, भक्तपुर र ललितपुरमा हावाहुरी, मेघगर्जन र चट्याङसहित वर्षा भएको हो । अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा मेघगर्जनसहित वर्षा भइरहेको छ । केही समय रोकिए पनि आज र भोलि दिनभर बादल लाग्ने र वर्षा हुने तथा रोकिने क्रम चलिरहने रहेको मौसमविद्ले जनाएका छन् ।

    महाशाखाका अनुसार आज देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी प्रदेश, मधेश प्रदेशलगायत देशको पहाडी भू–भागका केही ठाउँमा तथा देशका बाँकी भू–भागका थोरै ठाउँहरूमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको पनि सम्भावना छ । लामो समयपछि हावाहुरी र वर्षा भएसँगै काठमाण्डौ उपत्यकाको प्रदूषण घट्न थालेको छ । विश्वभरको वायु प्रदूषणको अवस्था मापन गर्ने आईक्यू एअर इन्डेक्सकाे तथ्याङ्कअनुसार अहिले काठमाण्डौको वायु प्रदूषण एक सय ५२ एक्यूआई रहेको छ ।

    आज बिहान १९० भन्दा माथि रहेर विश्वको प्रदूषित शहरको सूचीमा शीर्ष स्थानमा रहेको काठमाण्डौ वर्षा भएसँगै अहिले १०औं स्थानमा झरेको छ । वर्षा भएपछि देशका विभिन्न ठाउँमा लागेको तुवाँलो पनि क्रमिक रुपमा हट्ने मौसमविद् लामिछानेले बताउनुभयो । पर्सि शनिवारसम्मै मौसम बदली हुने भएकाले राम्रोसँग आकाश खुल्न र घाम लाग्न केही दिन लाग्ने उहाँको भनाइ छ ।



    फास्ट न्युज    
  • २०८१ चैत्र २८, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट