logo

२०८३ बैशाख २३ बुधबार

logo
  • २०८३ बैशाख २३ बुधबार
  • रास्वपाका सांसदहरुविरुद्ध अवहेलना मुद्दा दर्ता

    934Shares
    रास्वपाका सांसदहरुविरुद्ध अवहेलना मुद्दा दर्ता

    काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ । अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने हिसाबले सडक आन्दोलन गरेर अदालतको अवहेलना गरेको भन्दै परेको निवेदन आज दर्ता भएको हो । सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको इजलासले दरपीठको आदेश खारेज गरेर रिट निवेदन दर्ता गर्न आदेश दिएका हुन् ।

     

    उक्त मुद्दाको पेशी भोलिका लागि तोकिएको छ । गत कात्तिक २ गते पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई छोड्न माग गर्दै पार्टीका नेता–कार्यकर्ताले निरन्तर प्रदर्शन गरिरहेका छन् ।

    उनीहरुको प्रदर्शनले न्यायालयको काम–कारबाही प्रभावित बनेको रिट निवेदनकर्ताको भनाइ छ । रिट निवेदनकर्ताले रास्वपाका २० सांसद, केन्द्रीय पदाधिकारी र बागमती प्रदेशका पदाधिकारीलाई विपक्षी बनाएका छन् ।



    फास्ट न्युज    
  • २०८१ कार्तिक २७, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट