logo

२०८२ माघ ६ मंगलवार

logo
  • २०८२ माघ ६ मंगलवार
  • पाकिस्तानमा बस दुर्घटना हुँदा कम्तीमा २८ जनाको ज्यान गयाे

    955Shares
    पाकिस्तानमा बस दुर्घटना हुँदा कम्तीमा २८ जनाको ज्यान गयाे

    इस्लामावाद । पाकिस्तानको बलुचिस्तान प्रान्तको वाशुक जिल्लामा भएको बस दुर्घटनामा कम्तीमा २८ जनाको ज्यान गएको छ । दुर्घटनामा २० जनाभन्दा बढी घाइते भएका प्रहरीलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

    ५० जनाभन्दा बढी यात्रु बोकेको बस सडकदेखि केही तल खोल्सामा खसेको थियो । घाइतेमध्ये धेरैको अवस्था गम्भीर भएकाले मृतकको सङ्ख्या अझ बढ्न सक्ने उपचारमा संलग्न डाक्टरहरूले बताएका छन् ।

    घटनापछि बलुचिस्तानका मुख्यमन्त्री शरफराज बुग्टीले ज्यान गुमाउनेप्रति दुःख व्यक्त गर्दै घाइतेहरूलाई यथासम्भव उपचारको व्यवस्था गर्न निर्देशन दिनुभएको खबरमा उल्लेख छ ।



    फास्ट न्युज    
  • २०८१ जेष्ठ १६, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार