काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण हालसम्म १ हजार ५८ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले मंगलबार दिउँसो २ बजेसम्मको विवरण सार्वजनिक गर्दै बाढीमा परी मृत्यु भएकामध्ये १ हजार ५८ जनाको शव फेला परेको जनाएको हो।
प्रहरीका अनुसार फेला परेका शवमध्ये ३० बालक, ३५ बालिका, २३२ महिला र ३७१ पुरुष छन्। यस्तै, ३९० वटा आंशिक अंग भएका शव फेला परेको प्रहरीले जनाएको छ।
फेला परेका शवमध्ये अधिकांशको पहिचान खुल्न नसकेको बताइएको छ। प्रहरीका अनुसार ९७२ शवको लास जाँच मुचुल्का भइरहेको छ।
यस्तै, ५८ शव आफन्तलाई हस्तान्तरण गरिएको छ। पहिचान खुल्न नसकेका ६८४ शव जमिनमुनि व्यवस्थापन गरिएको प्रहरीको तथ्यांकमा उल्लेख छ।
बाढीपछि बेपत्ता हुनेको संख्या पनि ठूलो रहेको छ। प्रहरीका अनुसार मंगलबार दिउँसोसम्म ४ हजार ६०६ जना अझै सम्पर्कविहीन छन्।
रसुवामा बाढीपछि उद्धार तथा खोजी कार्य जारी रहे पनि ठूलो संख्यामा मानिस सम्पर्कविहीन रहेकाले मृतक तथा बेपत्ताको संख्या अझै बढ्न सक्ने देखिएको छ। पछिल्लो विवरणले विपत्तिको मानवीय क्षतिको भयावह अवस्था देखाएको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया