logo

२०८३ बैशाख २८ सोमबार

logo
  • २०८३ बैशाख २८ सोमबार
  • सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले भेट्यो गभर्नर र मुख्य दलका प्रमुख सचेतकलाई

    1KShares
    सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले भेट्यो गभर्नर र मुख्य दलका प्रमुख सचेतकलाई

    काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले नेपाल राष्ट्र बैंकका गभर्नर नेपाली कांग्रेस तथा एमालेका प्रमुख सचेतकसँग सुनचाँदी व्यवसाय र कालिगढबाट देखिएका समस्याबारे ध्यानाकर्षण गराएको छ ।

    संघर्ष समितिले राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे र एमाले सचेतक महेश बर्तौलालाई भेट गरी आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेटमा सुनमा व्यवस्था गरिएको २ प्रतिशत विलासिता कर र हिरामा १३ प्रतिशत भ्याट अव्यवहारिक र अनावश्यक रहेकाले तत्काल खारेजका लागि पहल गरिदिन आग्रह गरेको छ । गभर्नर तथा प्रमुख सचेतकहरूले उक्त मागमा समाधानका लागि प्रतिवद्धता व्यक्त गरेको समितिले जनाएको छ ।

    प्रमुख सचेतकद्वय घिमिरे र बर्तौलाले आफूहरूका मागप्रति विशेष चासो लिँदै सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिसँग दलकातर्फबाट छिट्टै सामूहिक बैठक बसेर यस क्षेत्रमा देखिएका समस्या समाधानमा विशेष ध्यान दिन बताएको समितिका संयोजक विपेन्द्र रामुदामु (विपिन)ले जानकारी दिए । भेटमा नेपाल सुनचाँदी कालिगढ संघका अध्यक्ष अर्जुन विश्वकर्मा, महासचिव हरिबहादुर विश्वकर्मा र संघर्ष समितिका सदस्य शिव कुमार शर्राफसहितको टोली सहभागी थियो ।



    फास्ट न्युज    
  • २०८२ जेष्ठ २१, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट