काभ्रे । काभ्रेको तेमालमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । घटनामा एकजना घाइते भएका छन् । आज बिहान तेमाल गाउँपालिका– ३ स्थित कुँडालमा भएको दुर्घटनामा तेमाल– १ का ५० वर्षीय रामसिंह तामाङको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका बसका चालक मकवानपुरको बागमती गाउँपालिकाका ५० वर्षीय कृष्ण ब्लोनको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार जन्ती पुर्याएर फर्किएको बस दुर्घटना भएको हो ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया